काठमाडौं फागुन १३, आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आइतबार भने १ लाख १८ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । विगत १० दिनमा सुनको भाउ २ हजार बढिसकेको छ । फागुन ३ गते सुनको मूल्य १ लाख १६ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ३ सय ९५ रुपैयाँ रहेको चाँदी १ हजार ४ सय रुपैयाँ रहेको महासंघले जनाएको छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्: