Loktantra Khabar National Weekly
Ad

सुनको मूल्य ४ सय बढ्यो

लोकतन्त्र खबर
९ फाल्गुन २०८०

काठमाडौं फागुन ९ , बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख १८ हजार ४ सय रुपैयाँ पुगेको छ ।

सुनको मूल्य विगत केही दिनदेखि नै बढिरहेको छ । गत बिहीबार १ लाख १६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार १ लाख १७ हजार १ सय, आइतबार १ लाख १७ हजार ६ सय, सोमबार र मंगलबार १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि बुधबार तोलामा ५ रुपैयाँ बढेर १ हजार ४१५ रुपैयाँ पुगेको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: