दोस्रो आइतबार यो फिल्म ४०० करोड क्लबमा प्रवेश गरेको हो । यसको कमाइको गति तत्काल रोकिने देखिँदैन । ‘एनिमल’ले ‘बाहुबली : द बिगिनिङ’को लाइफटाइम कलेक्सन (४१८ करोड भारु), ‘२.०’को (४०८ करोड भारु) र ‘दंगल’को (३८७.३८ करोड भारु)लाई समेत उछिनेको छ ।
एनिमल धेरै कमाउने सूचीको सातौं स्थानमा प्रवेश गर्दा रजनीकान्तको ‘जेलर’ (३४५ करोड भारु) भने सूचीबाट बाहिरिएको छ । केही दिनमै एनिमलले ‘गदर २’को कमाइलाई उछिन्ने देखिन्छ । मंगलबारसम्म धेरै कमाउने भारतीय शीर्ष १० भारतीय फिल्मको सूची यस्तो छ :
१) बाहुबली : द कन्क्लुजन– १०३१ करोड भारु
२) केजीएफ : च्याप्टर २– ८५६ करोड भारु
३) आरआरआर –७७२ करोड भारु
४) जवान– ६४०.४२ करोड भारु
५) पठान– ५४३.२२ करोड भारु
६) गदर २– ५२५.५० करोड भारु
७) एनिमल– ४३४ करोड भारु
८) बाहुबली : द बिगिनिङ– ४१८ करोड भारु
९) २.०– ४०८ करोड भारु
१०) दंगल– ३८७.३९ करोड भारु अनलाइन खबर

