Loktantra Khabar National Weekly
Ad

आगो ताप्ने क्रममा जलेर मृत्यु

लोकतन्त्र खबर
१४ मंसिर २०८०

बर्दिया । बारबर्दिया नगरपालिका-९ बनगाई बस्ने ६६ वर्षीया चन्द्रकला वलीको मृत्यु भएको छ ।  आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर बुधबार बिहान मृत्यु भएको हो ।

आगो ताप्ने क्रममा कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: