Loktantra Khabar National Weekly
Ad

रेकर्ड मूल्यमा पुगेर सुनको मूल्य स्थिर

लोकतन्त्र खबर
१४ मंसिर २०८०

काठमाडौं  मंसिर १४, बिहीबार सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको आजको कारोबार मूल्य हालसम्मै उच्च विन्दुमा स्थिर छ । बुधबार सुन र चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको थियो ।

बिहीबार सोही मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको छ । महासंघकाअनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ७५० र चाँदीको मूल्य १५ सय २० रुपैयाँ तोकिएको छ ।

उच्च मूल्यका कारण बजारमा सुन र चाँदीको कारोबारमा मन्दी देखिएको महासंघले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: