Loktantra Khabar National Weekly
Ad

गण्डकी प्रदेशले माग्यो ६२५ कर्मचारी

लोकतन्त्र खबर
१३ मंसिर २०८०

काठमाडौं मंसिर १३ , गण्डकी प्रदेशको लोकसेवा आयोगले एकैचोटी ६२५ जना कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ ।

प्रदेश लोकसेवा आयोगले बुधबार गोरखापत्रमा विज्ञापनको सूचना प्रकाशित गर्दै प्राविधिक र अप्राविधिक तर्फ ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

आयोगको कार्यालय पोखराका अनुसार प्राविधिक तह सहायक चौथौ पदमा ४३६ कर्मचारी माग गरेको छ । जसमा सबैभन्दा धेरै सिभिल तर्फको असिसटेन्ट सब इन्जिनियर ६३ जना माग भएको छ । यस्तै स्वास्थ्यको हेल्थ इन्सपेक्सन तर्फका अहेव ६२ जना माग भएको छ ।

अप्राविधिक तर्फ १८९ सहायक चौंथो तह कर्मचारी आयोगले माग गरेको छ । जसमा प्रशासन सहायक र लेखा सहायकको सबैभन्दा धेरै माग रहेको छ ।

प्राविधिक तथा अप्राविधिक तर्फ आयोगले प्रदेश र स्थानीय तहका लागि विज्ञापन खोलेको हो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: