
कास्की । पोखराको एक रिसोर्टमा कौडा खेलिरहेका १६ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-२१ निर्मलपोखरी मैदानस्थित ईलाईट रिसोर्टबा६ सञ्चालकसहित १६ जना गए राति पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका सञ्चालक पोखरा महानगरपालिका-३३ घर भएका ३८ वर्षीय सन्तोष गुरुङ समेत १६ जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ५ लाख ५ हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रातोपाटी संवाददाता
प्रतिक्रिया दिनुहोस्: