Loktantra Khabar National Weekly
Ad

चितवनमा मृत भेटिएका दुई जनाको खुलेन पहिचान

लोकतन्त्र खबर
१० मंसिर २०८०

चितवनमा हत्या गरी फालिएको अवस्थामा भेटिएका दुई जनाको सनाखत हुन सकेको छैन।

बुधबार दिउँसो पौने १ बजेतिर भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्ग सडकको कल्भर्ट मुनी दुई जनाको शव फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजय पण्डितका अनुसार शव पहिचान हुन सकेको छैन। पहिचान नहुँदा प्रहरीलाई अनुसन्धान गर्न पनि जटिल भइरहेको छ।

कल्भर्ट मुनी दुई वटा बोराभित्र हात-खुट्टा बाँधिएको अवस्थामा पुरूष र महिलाको शव फेला परेको हो। जसको पहिचानको लागि प्रहरीले शनिबार केही तस्बिरहरू सार्वजनिक गरेको छ।

प्रहरीले पहिचानको लागि ७७ वटै जिल्ला लगायत सीमावर्ती भारतीय जिल्लाहरूमा समेत हुलिया परिपत्र गरेको डिएसपी पण्डितले बताए।

दुई जनाको हत्या कसरी भएको थियो भन्नेबारे पनि पोष्टमर्टम रिपोर्टपछि थाहा पाइने डिएसपी पण्डितले बताए। पहिचान खुलेमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवनमा पा ९८५५०९०१३३मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: