Loktantra Khabar National Weekly
Ad

सर्लाहीको मलंगवा नाकाबाट मात्रै एक महिनामा भित्रिएको आलु प्याजबाट झण्डै ५ करोड राजस्व संकलन

लोकतन्त्र खबर
१० मंसिर २०८०

मनोज यादव
सर्लाही ,मंसिर १०

सर्लाही जिल्लाको मलंगवा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ को मात्रै एक महिनामा भित्रिएको आलु प्याज बाट झण्डै ५ करोड राजस्व संकलन भएको छ।

भारतका विभिन्न सहरबाट जिल्लाको सदरमुकाम मलंगवा नाका भएर कात्तिक महिनामा मात्र ६ हजार ४ सय ३९ टन आलु र प्याज भित्रिएको थियो । जसमध्ये आलु ४ हजार ४ सय १० टन र प्याज २ हजार २९ टन भित्रिएको भन्सार अधिकृत नरेश साहले बताएको छ।

भन्सार अधिकृत साहका अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा भित्रिएको आलुबाट २ करोड ८३ लाख ९१ हजार र प्याजबाट २ करोड १२ लाख ४८ रुपैयाँ राजस्व संकलन भएको छ।

मलंगवा स्थित नाकाबाट सबैभन्दा बढी कृषि जन्य सामानमा आलु प्याज भित्रिने गरेको छ । त्यस पछि भित्रिने सामानहरुमा भेनियर र कपडा लगायतका सामाग्रीहरु रहेको सर्लाही भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: