Loktantra Khabar National Weekly
Ad

बुटवलमा ध्वनि प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणमा

लोकतन्त्र खबर
८ मंसिर २०८०

बुटवल । बुटवलमा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ११ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार स्वरूप परिवर्तन गरी स्टन्ट गर्दै ध्वनि प्रदूषणका साथै ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकलहरु नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

चालकहरूले मोटरसाइकलको स्वरूप परिवर्तन गरी सार्वजनिक स्थान एवम् सडकहरूमा अस्वभाविक तवरबाट सवारी आवागमनमा वाधा, अस्वभाविक ध्वनि निकाली प्रदूषण गर्ने लगायतका कार्य गरेकोले नियन्त्रणमा लिइएको बुटवलका डिएसपी दानबहादुर थापाले बताए ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थापाले बताए ।

थापाका अनुसार बुटवलको मिलन चोक, कालिका नगर, बेलबास लगायतका स्थानबाट मोटरसाइकल चालक पक्राउ परेका हुन् ।   चालकहरूलाई तारिकमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: