Loktantra Khabar National Weekly
Ad

हलमा लागे ‘दिमाग खराब’ र ‘द मार्वल्स’

लोकतन्त्र खबर
२४ कार्तिक २०८०

काठमाडौं । शुक्रबार नेपालमा दुई फिल्म रिलिज भएका छन् । निश्चल बस्नेत निर्देशित नेपाली फिल्म ‘दिमाग खराब’ र हलिउडको प्रतीक्षित सुपरहिरोइन फिल्म ‘द मार्वल्स’ प्रदर्शनमा आएका छन् ।

‘लुट’ फेम्ड बस्नेत निर्देशित ‘दिमाग खराब’ले व्यवस्थाविरुद्ध एक आम नागरिकले लड्ने लडाइँको कथा पेश गर्छ । फिल्मको शीर्ष चरित्र इन्द्र शर्माको भूमिकामा खगेन्द्र लामिछानेले अभिनय गरेका छन् ।

फिल्ममा स्वस्तिमा खड्का, दयाहाङ राई र अर्पण थापाको पनि मुख्य भूमिका छ । ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चलले यो फिल्ममा वर्तमान समाज र राजनीतिको विकृत पक्ष र नागरिक असन्तुष्टिको कथावस्तु चित्रण गरेका छन् । ‘दिमाग खराब’को लम्बाइ १५० मिनेट छ ।

डिज्नी स्टुडियोको ‘द मार्वल्स’ सुपरहिरोइन फिल्म हो । मार्वल कमिक्समा आधारित यो फिल्मलाई निया डा’कोस्टाले निर्देशन गरेकी हुन् । ब्राय लार्सन, टियोना प्यारिस, इमान भेलानीको प्रमुख अभिनय छ ।

एक्सन र एड्भेन्चर श्रेणीमा राखिएको यो फिल्ममा मिसेस मार्वलको भूमिकामा लार्सन देखिएकी छन् । अकस्मात आइपर्ने संकटबाट ब्रह्माण्डलाई जोगाउन उनले संघर्ष गर्नुपर्छ । यो फिल्मको लम्बाइ १०५ मिनेट छ ।

आइतबारबाट नेपालमा सलमान खान स्टारर हिन्दी फिल्म ‘टाइगर ३’ प्रदर्शन हुँदैछ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: