Loktantra Khabar National Weekly
Ad

पोखरामा एटिएम फोडेर पैसा चोर्न खोज्ने भारतीय नागरिक पक्राउ

लोकतन्त्र खबर
२२ कार्तिक २०८०

पोखरा । पोखरामा एटिएम मेसिन फोडेर पैसा चोर्न खोज्दा एकजना पक्राउ परेका छन् । पोखरा ८ सभागृहमा रहेको नविल बैंकको एटिएम फोड्न लाग्दा उनी पक्राउ परेका हुन् ।

मेसिनको ढोकाको लक खोलेर मेसिन फोड्न लाग्दा भारत घर भई पोखरा बस्ने बबि ठाकुर पक्राउ परेका हुन् । उनी पोखरा नयाँ बजारमा सैलुन पसल चलाएर बसेका थिए ।

उनको साथबाट रड, पेचकस, कपाल काट्ने कैंची लगायत बरामद भएको छ । उनलाई नियन्त्रणमा लिएर चोरी उद्योग मुद्धामा म्याद थप गरि अनुसन्धान सुरु भएको बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: