Loktantra Khabar National Weekly
Ad

तनहुँमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

लोकतन्त्र खबर
२० कार्तिक २०८०

पोखरा ।  तनहुँमा ट्याक्टरबाट खसेर एक पुरुषको मृत्यु भएको छ । भीमाद नगरपालिका ६ जलौंदीका ३३ वर्षीय मीनबहादुर सार्कीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।

जनज्योति माविबाट बसपार्क जाँदै गरेको ग १ त ४४४६ नम्बरको ट्याक्टरमा यात्रा गरिरहेका सार्की गुडिरहेको ट्याक्टरबाट खसेका थिए ।

गम्भीर घाइते उनलाई जीपी कोइराला श्वास प्रश्वास केन्द्रमा उपचारका लागि पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: