Loktantra Khabar National Weekly
Ad

अधिवेशनको २ वर्षपछि लमजुङ कांग्रेसले छान्यो महासमिति सदस्य

लोकतन्त्र खबर
१७ कार्तिक २०८०

पोखरा । नेपाली कांग्रेसको जिल्ला अधिवेशन सकिएको साढे २ वर्ष भयो । महाधिवेशन सकिएकै करिब २ वर्ष भयो । तर लमजुङमा अहिलेसम्म महासमिति सदस्य छानिएका थिएनन् । बिहीबार महासमिति सदस्यको टुङ्गो लागेको छ ।

पूर्व राज्य मन्त्री राम बहादुर गुरुङ, पूर्व पार्टी सभापति एवम् संविधान सभा सदस्य चन्द्र बहादुर कुँवर, पूर्व पार्टी सभापति तुलसी नारायण श्रेष्ठ, पूर्व पार्टी सभापति कृष्ण प्रसाद कोइराला र निवर्तमान पार्टी सभापति तथा प्रदेश सभा सदस्य भेष बहादुर पौडेल सर्वसम्मत रूपमा महासमिति सदस्य बनेका हुन् ।

यस्तै, प्रदेश सभा सदस्य टीकाकुमारी बस्याल, कांग्रेस गण्डकीको सदस्य छुपीमाया गुरुङ, विष्णुमाया धिताल, तरुण दल जिल्ला अध्यक्ष ललितकुमार गुरुङ, डिकेन्द्र कँडेल र खुसीमाया गुरुङ पनि चयन भएका छन् । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: