Loktantra Khabar National Weekly
Ad

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

लोकतन्त्र खबर
१७ कार्तिक २०८०

काठमाडौं कात्तिक १७ , शुक्रबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

शुक्रबारका लागि छापावाल सुनको मूल्य एक लाख १५ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख १५ हजार ३५० र चाँदीको मूल्य १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।

बिहीबार एक लाख १५ हजार ७ सय रुपैयाँमा छापावाल सुन, एक लाख १५ हजार १५० रुपैयाँमा तेजावी सुन र १ हजार ४ सय ५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: