
काठमाडौं कात्तिक १५, बुधबार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार, तेजावी सुनको मूल्य १ लाख १४ हजार ४५० र चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार, तेजावी सुनको मूल्य १ लाख १५ हजार ४५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको थियो । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्: