Loktantra Khabar National Weekly
Ad

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

लोकतन्त्र खबर
१४ कार्तिक २०८०

काठमाडौं  असोज १४, मंगलबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर खरिद बिक्री भइरहेको छ ।

मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य एक लाख १६ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १६ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै, मंगलबार तेजावी सुनको प्रतितोला मूल्य एक लाख १५ हजार ४५० रुपैयाँ तोकिएको छ । सोमबार एक लाख १५ हजार ९५० रुपैयाँ तोलामा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै तोलामा १ हजार ४ सय २० रुपैयाँमा चाँदीको खरिद मूल्य कायम भएको छ । मंगलबार १ हजार ४ सय १० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: