Loktantra Khabar National Weekly
Ad

अरिङ्गालले टोकेर एक जनाको मृत्यु, एक घाइते

लोकतन्त्र खबर
१३ कार्तिक २०८०

तनहुँ । तनहुँमा अरिङ्गालले टोकेर एक जना युवकको मृत्यु भएको छ । भानु नगरपालिका–७ स्थित जंगलमा अरिङ्गाल पोल्ने क्रममा घाइते भएका ती युवकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो ।

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार भानु नगरपालिका–४ फलाखेत बस्ने २४ वर्षीय धनबहादुर तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय राजकुमार तामाङ अरिङ्गालले टोकेर घाइते भएका थिए । दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज चितवनमा पठाइएको थियो ।

घाइतेमध्ये राजकुमार तामाङको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । अर्का घाइते धनबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: