Loktantra Khabar National Weekly
Ad

बचतकर्तालाई दिएको चेक नसाटिएपछि पोखराबाट सहकारीका अध्यक्ष पक्राउ

लोकतन्त्र खबर
५ कार्तिक २०८०

पोखरा । बचतकर्तालाई दिइएको चेक पटक पटक नसाटिएपछि पोखरा स्थित मित्रमिलन सहकारीका अध्यक्ष रमण पौडेल पक्राउ परेका छन् । उनलाई बैंकिङ कसुर मुद्दामा शनिबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

सहकारीका अध्यक्ष पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी विरुद्ध बचतकर्ताले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको कास्की प्रहरीका प्रमुख एसपी मोहन कुमार थापाले जानकारी दिए ।

बचतकर्ता सरस्वती सिग्देलले १४ लाख ७२ हजार रुपैयाँको चेक नसाटिएपछि प्रहरीमा उजुरी दिएकी हुन् । मित्र मिलनका बचतकर्ताले लामो समयदेखि जम्मा गरेको रकम फिर्ता नपाएपछि आजित भएका छन् । पौडेल र अधिकारी अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

अहिले पोखराका धेरै सहकारीहरूमा आर्थिक अपचलन बढ्दो छ । सहकारीका सञ्चालकहरूले नै रकम हिनामिना गर्ने र बचतकर्तालाई फिर्ता नदिने समस्या धेरै सहकारीमा छन् । इमेज र शिव शिखर सहकारी विरुद्ध हजारौँ बचतकर्ताले उजुरी दिएर प्रहरीले केहीलाई पक्राउ गरिसकेको छ ।

मित्रमिलन विरुद्ध औपचारिक उजुरी नपरे पनि गुनासो अधिक छ । अध्यक्ष नै पक्राउ परेपछि झनै समस्या हुन सक्ने भन्दै बचतकर्ताहरू चिन्तित छन् । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: