Loktantra Khabar National Weekly
Ad

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १५ हजार ५०० पुग्यो

लोकतन्त्र खबर
३ कार्तिक २०८०

काठमाडौं  कात्तिक ३ , सुनको मूल्यले लगातार नयाँ उचाइ कायम गर्दै गएको छ । दशैं अगाडिको अन्तिम दिन शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको हो ।

शुक्रबार छापावाल सुन तोलाको १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

बिहीबार प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले शुक्रबार अर्को रेकर्ड बनाएको हो ।

शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ हजार पुगेको छ । बिहीबार प्रतितोला १३ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: