Loktantra Khabar National Weekly
Ad

रोहित सेट्ठीको पुलिस ब्रम्हाण्ड ‘सिंघम अगेन’मा जोडिए टाइगर श्राफ

लोकतन्त्र खबर
२ कार्तिक २०८०

काठमाडौं । रोहित सेट्ठीको कप-युनिभर्स ‘सिंघम अगेन’ अझै भव्य हुँदैछ । बलिउडले बनाउन लागेको यो ‘पुलिस ब्रम्हाण्ड’मा अजय देवगण, अक्षयकुमार, रणवीर सिंह र दीपिका पादुकोण यसअघि नै जोडिएका छन् ।

‘सिंघम अगेन’ले अर्को स्टार पाएको छ । टाइगर श्राफ यो फिल्मसँग जोडिएका छन् । रोहितसहित अजय र अक्षयले फिल्ममा टाइगरको क्यारेक्टर लुक्स सार्वजनिक गर्दै उनी फिल्ममा अनुबन्धित भएको उल्लेख गरेका छन् ।

फिल्ममा टाइगरलाई स्पेसल टास्क फोर्सका एसीपी सत्याको भूमिकामा देख्न पाइने भएको छ । यो फिल्मलाई लिएर दर्शकमाझ ब्यापक पर्खाइ छ । गतसाता रोहितले दीपिका पादुकोणलाई ‘सिंघम लेडी’को रुपमा चिनाएका थिए ।

रोहित सेट्ठीले यो फिल्मलाई हलिउडको जस्तै युनिभर्स स्टाइलमा बनाउँदैछन् । ‘सिंघम अगेन’ सिंघको तेस्रो सिक्वेल हुनेछ भने कप युनिभर्सको पाँचौ फिल्म । जसका लागि उनको अवधारणा कप-युनिभर्स भन्ने छ ।

‘सिंघम अगेन’ आउँदो महिनादेखि छायांकनमा जाने तयारीमा छ । यस्तै शैलीमा यशराज ब्यानरले पठान, एक था टाइगर र वार फिल्मलाई समेटेर स्पाइ-युनिभर्स बनाउँदैछन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: