Loktantra Khabar National Weekly
Ad

‘सालार’ र ‘पुष्पा २’ अभिनेता जगपति बाबु काठमाडौंमा के गर्दैछन् ?

लोकतन्त्र खबर
३० आश्विन २०८०

काठमाडौं । दक्षिण भारतीय अभिनेता जगपति बाबु यतिबेला काठमाडौंमा छन् । उनले यहाँ घुमघाम गरेको, फ्यानलाई भेटेकोदेखि रेष्टुरेन्टमा खाना लिएको तस्वीर यतिबेला सामाजिक संजालमा सेयर भैरहेका छन् ।

सोमबार बेलुका दरबारमार्गस्थित हार्ड रक क्याफेमा पुगेर उनले डिनर लिए । होटलका स्टाफलाई केही उपहार पनि दिएको देखिन्छ । यसबाहेक उनीसँग काठमाडौंमा खिचाइएका तस्वीरलाई पनि फ्यानले सेयर गरिरहेका छन् ।

उनको नेपाल भ्रमणको उद्देश्य सार्वजनिकरुपमा केही नबताइएपनि निकट स्रोतका अनुसार केही दिनदेखि काठमाडौंमा एक दक्षिण भारतीय फिल्मको छायांकन भैरहेको छ । उक्त फिल्ममा केही नेपाली कलाकार पनि समावेश रहेको लामो समयदेखि विदेशी फिल्मको नेपाल ब्यवस्थापन हेर्ने एक प्राविधिकले अनलाइनखबरलाई बताए ।

‘केही दिनदेखि काठमाडौंमा साउथ फिल्मको छायांकन भैरहेको जानकारी पाएका छौं । हामीले चिनेका केही नेपाली कलाकारलाई पनि अभिनयको प्रस्ताव गरिएको रहेछ’ ती व्यवस्थापकले भने ।

जगपति बाबुको कुरा गर्दा तेलुगु फिल्मका यी चर्चित अभिनेताको आगामी फिल्ममा सालार र पुष्पा २ पनि समावेश छन् । आइएमडीबीका अनुसार सालार र पुष्पा २सहित गुन्तुर कारम, नन्दादा, ब्रुस ली, सिम्बा ः द फरेस्ट म्यान, रुसलान, कातेरा, उपी रुप्पी उनका प्रदर्शन तयारीमा रहेका फिल्म हुन् ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: