Loktantra Khabar National Weekly
Ad

न्यूरोडमा हिमालयन बैंकको नयाँ भवन शिलान्यास

लोकतन्त्र खबर
१७ आश्विन २०८०

हिमालयन बैंकले काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरी, न्यूरोडस्थित बैंककै जग्गामा असोज १२ गते भवन निर्माणको लागि शिलान्यास गरेको छ।

बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेका थिए।

उक्त समारोहमा बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारीहरू लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

उक्त समारोहमा बैंकका श्रेष्ठले बैंकले सो भवन निर्माणको लागि शिलान्यास गर्न पाउँदा खुशी व्यक्त गरे।

सो अवसरमा उनले देशका विभिन्न प्रमुख सहरहरू जस्तै इटहरी, वीरगञ्ज, भैरहवाबाट बैंकले आफ्नै भवनबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ भने काठमाडाैंको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराए।

त्यस्तै, बैंकले भरतपुर र नेपालगञ्जमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरी ग्राहकहरूलाई सेवा प्रदान गर्ने योजना रहेको बताए।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले भवन निर्माणपछि बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकहरूलाई विशेष तथा परिष्कृत बैंकिङ सेवा–सुविधा प्रदान गर्ने उद्देश्य राखेको बताए।

यसबाट बैंकका ग्राहकहरूलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गरे।

हाल बैंकले देशभरी रहेका १७६ शाखा, २६८ एटिएम, २० विस्तारित काउन्टर तथा १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: