Loktantra Khabar National Weekly
Ad

शान्त बन्दै नेपालगन्ज, कर्फ्यु भने कायमै

लोकतन्त्र खबर
१७ आश्विन २०८०

बुटवल ।  बाँकेको नेपालगन्ज आज बिहानदेखि सामान्य बन्दै गएको छ ।  हिन्दु  र मुस्लिम  समुदायबीच भएको विवादले हिजो बिहानैबाट अशान्त रहेको नेपालगन्ज अहिले अहिले सामान्य बन्दै गए पनि  तत्काल कर्फ्यु  हट्ने अवस्था नभएको प्रशासनले जनाएको छ ।

बाँकेमा प्रमुख  प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले अहिले अवस्था सामान्य बन्दै गएपछि तत्काल कर्फ्यु  हट्ने अवस्था नभएको रातोपाटीलाई बताए ।

उनले भने  अवस्था सामान्य बन्दै छ ठुलो झडप या समूह अहिले देखिँदैन, तर  कर्फ्यु   हटाउने अवस्था भने छैन । उनले सम्बन्धित पक्षहरू सँग छलफल र वार्ता प्रशासनले गरिरहेको बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार असोज १४ गते आइतबार सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्ट्याटसको विषयलाई लिएर नेपालगन्जमा तनाव भएको हो । तनाव बढेपछि मङ्गलवार दिउँसो १ बजेदेखि अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरिएको थियो ।

हिजो दिउँसो कर्फ्युका बीच पनि  दुई पक्षबीच झडप हुँदा ३ जना सुरक्षाकर्मी र १० जना सर्वसाधारण घाइते भएका छन् । उनीहरूको नेपालगन्जका विभिन्न अस्पतालमा उपचार भइरहेको  छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: