Loktantra Khabar National Weekly
Ad

‘रावायण’ विवाद लक्षित प्रदीप खड्काको टिप्पणी- कानूनी राजको विकल्प छैन

लोकतन्त्र खबर
१५ आश्विन २०८०

काठमाडौं । अभिनेता प्रदीप खड्काले फिल्म ‘रावायण’लाई लिएर उत्पन्न विवादलाई लक्षित गर्दै प्रतिक्रिया दिएका छन् । सोमबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले कानूनी राजको विकल्प नभएको बताएका हुन् ।

उनले दुलाह र दुलही, विश्वचर्चित खेलाडीहरु मेस्सी र कोहलीको उदाहरण पेश गर्दै घुमाउरो ढंगले कटाक्ष गरेका छन् । खड्काको यो अभिव्यक्ति ‘रावायण’लाई लिएर सुदर्शन थापा प्रोडक्सन र अनमोल केसीबीचको विवादको पृष्ठभूमिमा आएको हो ।

प्रदीप लेख्छन्, ‘५/७ वटा दुलही सोझी परे, मजाले पेलियो भन्दैमा, सबै एकै नहोलान् नि । यो पल्ट चाहिँ अलि गाह्रो खाल्की छे भन्ने बुझ्नुपर्ने ।’

उनी लेख्छन्, ‘चाहे मैदानमा विश्व चर्चित मेस्सी वा कोहली किन नहोस्, खेलको विचमा अन्तिम निर्णयको अधिकार कम परिचित रफ्रिको नै चल्छ । चाहे चित्त बुझोस् वा नवुझोस् ।

मलाई गोल हान्न दिएन भनेर ठुस्स पर्दा घरेलु खेलमा परिवारले ल ल गोल हान बाबु भनेर छोड्देलान, तर कसैको लागि यो खेल खेलौना नभएर काम, भगवान र जिन्दगी हुन सक्छ । खेलको विचविचमा रुवावासी गर्नु भन्दा मैदान पस्न अगाडी सोचेर निर्णय गरौ ।’

खड्काको यो अभिव्यक्तिलाई लिएर थुप्रै अभिव्यक्ति आएका छन् । फेसबुक प्रयोगकर्ता शंकर सौगातको कमेन्ट छ- प्रदीपजी एउटा कलाकार भएर अर्को कलाकारको समस्या बुझ्ने गरम, यस्तो कमेन्टले दुस्मनी देखाउँछ ।’

धेरैले कमेन्टमा अनमोलविरुद्ध अभिव्यक्ति दिन प्रदीपलाई आग्रह गरेका छन् ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: