Loktantra Khabar National Weekly
Ad

बालकको मृत्युपछि कर्णाली राजमार्ग अवरुद्ध

लोकतन्त्र खबर
१४ आश्विन २०८०

सुर्खेत । वीरेन्द्रनगरमा दैलेखको आठबीस नगरपालिका–६ खिड्किज्युलाका पाँच वर्षका बालक दिग्दर्शन पुरिको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको २९ घण्टा बित्दा पनि दुर्घटना गराउने व्यक्ति पक्राउ नगरेको भन्दै खिड्कीज्युलामा कर्णाली राजमार्ग बन्द गरिएको छ ।

स्थानीयवासीले दोषीलाई पक्राउ नगरेसम्म सडक नखुलाउने भन्दै आन्दोलन सुरु गरेका हुन ।

‘यहाँ अहिले सयौँको सङ्ख्यामा गाडी रोकिएका छन ।’ स्थानीय दिल बहादुर थापाले भने, ‘दुवै तर्फका गाडी सञ्चालन पूर्ण रूपमा बन्द छ भने बजार पनि बन्द छ ।’  रातोपाटी

 

प्रतिक्रिया दिनुहोस्: