Loktantra Khabar National Weekly
Ad

६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई प्रहरीको नियन्त्रणमा

लोकतन्त्र खबर
१४ आश्विन २०८०

बुटवल  । कपिलवस्तु प्रहरीले ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई प्रहरीले  पक्राउ गरेको छ । अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको  प्रहरीले  जनाएको  छ।

लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा  कपिलवस्तुको बुद्ध भूमि नगरपालिका १ पत्थरकोटमा पक्राउ  गरिएको हो।

रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए ।

पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका ३ का टिकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की र अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ७ का गोकुल दर्लामी र मालारानी गाउँपालिका ३ का नीम बहादुर नेपाली रहेका छन् । रातोपाटी

प्रतिक्रिया दिनुहोस्: