Loktantra Khabar National Weekly
Ad

जिमेल एपमा नयाँ फिचर, अब एकै क्लिकमा डिलिट हुनेछन् अनावश्यक इमेल

लोकतन्त्र खबर
१४ आश्विन २०८०

जिमेलमा आउने स्पाम मेसेजका कारण अब समस्या भोग्नुपर्ने आवश्यकता हुनेछैन । गुगलले आफ्नो जिमेलको एन्ड्रोइड एपमा एउटा नयाँ फिचर ल्याउँदैछ ।

नयाँ फिचरको सहयोगमा प्रयोगकर्ताले एकै पटकमा नै पूरै इनबक्सको मेसेज डिलिट गर्न सक्नेछन् । यसका लागि गुगलले जिमेल एपमाSelect All फिचर ल्याउन थालेको हो ।

यो फिचर जिमेलको वेब संस्करणमा भने पहिले देखि नै उपलब्ध छ । यो फिचरको मद्दतले प्रयोगकर्ताले चुट्कीको भरमा अनावश्यक स्पाम इमेलहरु डिलिट गर्न सक्नेछन् ।

एक रिपोर्ट अनुसार छिटै नै यो फिचर प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले गुगल प्ले स्टोरमा गएर आफ्नो जिमेल एम अपडेट गर्नुपर्नेछ ।

यद्यपि सेलेक्ट अल फिचरमा जिमेल वेबमा जस्तै एकपटकमा एउटा पेजका ५० वटा इमेल छनोट गरेर डिलिट गर्न सकिनेछ । अर्थात् जिमेलको सबै इनबक्स खाली गर्नका लागि भने पटक-पटक गरेर ५० वटाको दरले डिलिट गर्नुपर्ने हुन्छ ।

जिमेल एपको सेलेक्ट अल फिचर यसरी प्रयोग गर्न सकिन्छ :

सबैभन्दा पहिले आफ्नो एन्ड्रोइडको जिमेल एप अपडेट गरेर जिमेल खोल्नुहोस्

त्यसपछि जिमेलको इनबक्समा कुनै एउटा इमेलमा ट्याप गर्नुहोस्

त्यसपछि सबै इमेल सेलेक्ट गर्नका लागि सबैभन्दा माथि देखिएको चेकबक्स छान्नुहोस्

त्यहाँ तपाईंले अधिकतम ५० वटासम्म इमेल एकै पटकमा छान्न सक्नुहुन्छ

सबै सेलेक्टेड इमेल हटाउनका लागि डिलिट बटनमा ट्याप गर्नुहोस्

जिमेलको सबै इनबक्स सफा गर्नका लागि यो प्रक्रिया दोहोराउनुहोस् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: