Loktantra Khabar National Weekly
Ad

वीरगन्जको बालसुधार गृहबाट भागे दुई किशोर

लोकतन्त्र खबर
१२ आश्विन २०८०

वीरगन्ज : वीरगन्ज बालसुधार गृहबाट दुईजना किशोर फरार भएका छन् ।

वीरगन्ज -४ वीर्तास्थित बालसुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर  र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएको सुधारगृह प्रमुख टिकाकृष्ण काफ्लेले बताए ।

सुधार गृहमा कूल १२६ जना बालक र किशोर रहेकोमा शुक्रबार बिहान दुईजना फरार रहेको काफ्लेले बताए । प्रहरीका अनुसार सुधार गृहको छतमा लगाइएको काँडेतार काटेर उनीहरू गृहसँगै टाँसिएर रहेको मेडिकल क्लिनिको छतमा गइ त्यहाँबाट हाम फालेर भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता  प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बालसुधार गृहबाट फरार भएका दुवैजनाको खोजी भइरहेको बताए ।उक्त बालसुधार गृहमा गत भदौ २६ गते बालबालिकाहरूबीच विवाद भइ झडप हुँदाा ३ प्रहरी र ११ जना बालक घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्: