Loktantra Khabar National Weekly
Ad

‘मोहम्मद डे’को अवसरमा बाँकेको नरैनापुर र खजुरा गाउँपालिकामा सार्वजनिक बिदा

लोकतन्त्र खबर
११ आश्विन २०८०

नरैनापुर । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्म जयन्ती (मोहम्मद डे)को अवसरमा बाँकेको नरैनापुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

इस्लामिक महिना रविउलऔवलको १२ तारिकको बिहान हजरत पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्का मदिनामा भएको थियो । पैगम्बर मोहम्मदले आफ्नो जीवनको सम्पूर्ण लक्ष्य समाज सुधार र व्यावहारिक धर्मको प्रचारप्रसारमा केन्द्रित गरेका थिए ।

समाजमा रहेका रुढीवादी सोच, परम्परा, अन्धविश्वास र विकृतिहरूका विरुद्ध उनले सङ्घर्ष गरेका थिए । नेपालसहित विश्वभरिका मुस्लिम समुदायले ‘मोहम्मद डे’ धुमधामका साथ मनाउने भएकाले नरैनापुर गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको हो ।

यस्तै खजुरा गाउँपालिकाले पनि मोहम्मद डे को अवसरका पालिका भित्र सार्वजनिक बिदा दिएको पालिका अध्यक्ष डम्मर विक तुफानले जानकारी दिए ।

यसैबीच, लुम्बिनी प्रदेश सरकारले बिहीबार मुस्लिम समुदायलाई मात्र बिदा दिएको भन्दै चौतर्फी रूपमा सरकारको आलोचना भइरहेको छ ।  रातोपाटी

 

प्रतिक्रिया दिनुहोस्: