Loktantra Khabar National Weekly
Ad

हरिवंश आचार्य स्टारर महाजात्रा’को प्रि-प्रोडक्सन सुरु, दशैंलगत्तै छायांकन

लोकतन्त्र खबर
११ आश्विन २०८०

काठमाडौं । अभिनेता हरिवंश आचार्यको शीर्ष भूमिका रहने फिल्म ‘महाजात्रा’को प्रि-प्रोडक्सन सुरु भएको छ । ‘जात्रा’को तेस्रो श्रृंखलाको रुपमा बन्न लागेको फिल्मको छायांकन दशैंको कोजागत पूर्णिमाको भोलिपल्टदेखि सुरु हुने निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ ।

इन्द्रजात्राको अवसर पारेर थालिएको प्रि–प्रोडक्सनमा निर्देशक प्रदीप भट्टराईसहित कलाकार विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायत सहभागी छन् । ‘हामीले औपचारिक रुपमा निर्माणको काम थालेका छौं,’ निर्माता म्याक्स दीपेश खत्रीले अनलाइनखबरसँग भने ।

हरिवंशले पछिल्लोपटक षट्कोण आर्ट्सकै सोसल ड्रामा ‘महापुरुष’मा शीर्ष भूमिका निर्वाह गरेका थिए । यो चरित्रमार्फत उनले राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वश्रेष्ठ अभिनेताको विधाको अवार्ड पनि उचाले । ‘जात्रा’को सिक्वेलमा भने उनको पहिलो इन्ट्री हो ।

श्रृंखलाका अघिल्ला कलाकारले ‘महाजात्रा’मा निरन्तरता पाएका छन् । चैत ९ गते रिलिज गर्ने योजना रहेको फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा हुनेछ ।  अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: