Loktantra Khabar National Weekly
Ad

दोलखामा चार किलो सुन बरामद

लोकतन्त्र खबर
११ आश्विन २०८०

दोलखामा प्रहरीले चार किलो सुन बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको टोलीले बुधबार अन्दाजी चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खड्काले जानकारी दिए।

बुधबार सुन बरामद भएपछि अनुसन्धान गरी केही व्यक्तिहरूलाई समेत पक्राउ गरिएको छ। उनीहरूको परिचय खुलाएको छैन।

सुन परीक्षण गर्न प्रहरीले सुन चाँदी व्‍यवसायी महासंघमा पठाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: