Loktantra Khabar National Weekly
Ad

एमाले बागमती प्रदेश अधिवेशन : ११ सदस्यीय अध्यक्ष मण्डल गठन

लोकतन्त्र खबर
९ आश्विन २०८०

काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्द सत्र सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बन्द सत्र सुरु भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार राष्ट्रिय सभा गृहमा उद्घाटन गरेको अधिवेशन सम्पन्न गर्न स्थायी कमिटी सदस्य गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल सकेर पारित गरेसँगै नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुनेछ ।

एमाले बागमती प्रदेश कमिटी अध्यक्ष पदमा नेतृत्वले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको छैन । अध्यक्षमा पाँच आकाङ्क्षी देखिए पनि अन्तिममा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहालबिच प्रतिस्पर्धा हुने देखिएको बागमतीका एमाले नेता कायकर्ताहरूले बताएका छन् । रातोपाटी

 

प्रतिक्रिया दिनुहोस्: