Loktantra Khabar National Weekly
Ad

सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु खुकुलो बनाइयो

लोकतन्त्र खबर
८ आश्विन २०८०

सर्लाही — सर्लाही सदरमुकाम मलंगवामा बिहीबार रातिदेखि अनिश्चितकालका लागि लगाइएको कर्फ्यु सोमबारबाट केही खुकुलो बनाइएको छ । बिहानदेखि बेलुकासम्म कर्फ्यु खुला गरिएपनि राति भने कायमै राखिएको छ ।

असोज–४ गते गणेशको मूर्ति बिसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप भएपछि कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले मलंगवामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको थियो । लामो समयको कर्फ्युले जनजीवन प्रभावित भएकाले सुरक्षा समितिको बैठक बसेर केही खुकुलो बनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनका अनुसार बिहानदेखि बेलुकासम्म खुला गरिएपनि साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु कायमै रहने छ । तर सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै दिउँसोभरि साबिकको नगर क्षेत्रभित्र कुनै किसिमको भेल, जुलुस, बैठक वा प्रदर्शन भने गर्न पाइने छैन ।

सामाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने किसिमका अफवाहहरु फैलाउनेविरुद्ध साइबर अपराध गरेको अभियोगमा कारबाही गर्ने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । कान्तिपुर

 

प्रतिक्रिया दिनुहोस्: