Loktantra Khabar National Weekly
Ad

लुम्बिनी प्रदेशका सहकारीमा बेथिति, अधिकांश सिद्धान्तभन्दा बाहिर

लोकतन्त्र खबर
४ आश्विन २०८०

सुप्रिम सहकारीबाट बचतकर्ताको १ अर्ब बढी रकम अपचलन

बुटवल। बर्दियाको गुलरियामा नमस्ते बचत तथा ऋण सहकारी संस्था दर्ता गरेर अध्यक्ष भएका विष्णु रिजालले केही समयपछि बाँकेको नेपालगन्जमा उक्त सहकारी सञ्चालनमा ल्याए ।

नेपालगन्ज शाखामा आफ्नी श्रीमतीलाई सहायक व्यवस्थापक बनाएर राखे भने मुख्य व्यवस्थापकलाई बाँकेकै कोहलपुर सेवा केन्द्रमा पठाएर काम गर्न लगाए ।

विष्णुले जब बर्दियाको गुलरियामा झन्डै ५ करोड रकम गडबड गरे । अनि, आफ्ना दाइ नरेन्द्र रिजाललाई  अध्यक्ष बनाएर आफू नेपालगन्जतिर केन्द्रीत भएका थिए । अहिले उक्त सहकारी सङ्कटग्रस्त अवस्थामा छ ।

लरियामा अडिट गर्दा सञ्चालक समितिले १५ करोड ४९ लाख रुपैयाँ अपचलन गरेको लुम्बिनी प्रदेश सहकारी विकास बोर्डले अडिट गर्दा पुष्टि गरेको छ । यहाँ सुरुमा भाइबाटकरिब ५ करोड र पछि दाइवाट११ करोड रकम अपचलन भएको अडिट रिपोर्टमा उल्लेख छ ।

विष्णुले गुलरियामा गरेको जस्तै अपचलन बाँकेको नेपालगन्जमा पनि गरेका छन् । त्यहाँ कति रकम अपचलन भयो भन्ने अहिले अडिट हुँदैछ । त्यस्तै, बुटवलस्थितसुप्रिम सहकारीले बचतकर्ताको रकम हिनामिना पारेको छ ।

सुप्रिमविरुद्ध हालै बचतकर्ताहरूले प्रदेश सहकारी कार्यालयमाउजुरी दिएका छन् ।

सुप्रिम सहकारीले बचतकर्ताको १ अर्ब बढी रकम ठगेको भन्दै प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा निवेदन परेको छ।रकम फिर्ताको माग राख्दै सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका देउखुरीमा उजुरी परेको हो।

सुप्रिम सहकारी संस्थाका दुई सयभन्दा बढी सदस्यले आफूहरूको एक अर्ब बढी बचत रकम ठगी गरेको भन्दै उजुरी दिएको लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रार भिमप्रसाद तिवारीले जानकारी दिए।

सुप्रिम सहकारी संस्थाले एकैजना बचतकर्ताको साढे तीन करोड रुपैयाँसम्म ठगी गरेको उजुरी परेको कार्यालयले जनाएको छ।

यसरी लुम्बिनी प्रदेशमा पछिल्लो समय सहकारीको सिद्धान्त भन्दा बाहिर गरेर सहकारीका सञ्चालनहरूले मनोमानी गरेका घटना एकपछि अर्को गर्दे बाहिर आउन थालेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एसएसपी कृष्ण बहादुर पल्ली मगरका अनुसार पछिल्लो केही समय यता सहकारीको ठगीमा उजुरी थपिँदै गएको छ ।

लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोखरेलले पनि एक पछि अर्को गदै सहकारीमा समस्या आउन थालेकाले बचतकर्ता सचेत बन्नुपर्ने बेला आएको रातोपाटीलाई बताए ।

उनले खासगरी, लुम्बिनी प्रदेशभन्दा बाहिर दर्ता भएर यहाँ शाखा खुलेका र प्रदेशमा पनि पछि दर्ता भएका केही सहकारीमा समस्या देखिन थालेको खुलाए।

प्रदेशमा साढे ४ हजार सहकारी !
लुम्बिनी प्रदेशमा ४ हजार ६ सय सहकारी छन्। तीमध्ये सात ८७ वटा सहकारी लुम्बिनी प्रदेशको कार्यक्षेत्रभित्र रहेका छन्।  एक सय २५ वटा सहकारी प्रदेश सरकार स्तरका रहेका छन् । ती सहकारीबाट प्रदेशमा झन्डै ६० अर्ब रुपैयाँ बचत भएको छ ।

अन्यत्र  केन्द्रीय कार्यालय  रहेपछि यहाँ कारोबार गर्नेहरू  धेरै  ठगी गरेको देखिन्छ । बुटवलमा रहे पनि सुप्रिम सहकारीका अधिकांश लगानीकर्ता बुटवल बाहिरका थिए।
भक्तपुरमा केन्द्रीय कार्यालय भई बुटवलमा ग्रिनमार्ट डिपार्टमेन्टल स्टोर्स समेत सञ्चालन गर्दै आएको शिव शिखर बहुउद्देश्यीय सहकारी यसका नमुना हुन् । अहिले शिव शिखर बहुउद्देश्यीय सरकार कार्यालय बुटवलबाट हटेको छ ।

यस्तै बाँकेको नमस्ते बचत तथा ऋण सहकारी ,दाङमा रहेको प्रदेशस्तरीय नागरिक सहकारी, राजधानी जस्ता बहुउद्देश्यीय सहकारी हाल बन्द जस्तै छन् । यहाँ सहकारी सिद्धान्तभन्दा बाहिर जाने, महँगो भाडा तिरेर ४०-५०लाख डेकोरेसनसम्म गर्ने अनुगमनका क्रममा भेटिएको सहकारी विकास वार्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोखरेलले बताए ।

यस्तै कतिपय सहकारी दर्ता गर्दा नै ठगी गर्ने उद्देश्यले श्रीमान् अध्यक्ष, श्रीमती व्यवस्थापक,दाइ अध्यक्ष, भाइ उपाध्यक्ष बनाई चलाएको भेटिएको उनले बताए । पछिल्लो समय  लुम्बिनी प्रदेशका एक दर्जन बढी सहकारीविरूद्ध बचतकर्ताले ताला लगाउने र प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी गरेका छन्।

रुपन्देहीका सहकारीमाथि अनुगमन 
प्रदेश सहकारी बोर्डले हालै एक साता लगाएर यहाँका सहकारीको अनुगमन गरेको छ । उक्त अनुगमनको प्रतिवेदन तयार भएपछि अर्थमन्त्रीसहित बसेर अव एउटा ठोस निर्णय गर्ने सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष पोखरलेले बताए ।

बुटवलमा अहिलेसम्म ६ वटा सहकारी पूर्ण रूपमा समस्यामा परेपछि बन्द भएका छन्।  सुप्रिमसँगै साइन, सुनौलो, सार्थक, आयाम, आगन्तुक, उपदेश, उपकार, जनप्रिय, सुसन्देश, शुभश्री लगायतका सहकारी ऐन विपरीत मर्ज हुन खोजेपछि संघले बचतकर्ताहरूको समस्या सम्बोधन गरेर मात्र मर्ज हुन निर्देशन दिएको थियो।

तिनका बचतकर्ताहरू अहिले आफ्नो रकम फिर्ता लिनसञ्चालकको खोजीमा विभिन्न ठाउँमा धाइरहेका छन् ।  रातोपाटी

 

प्रतिक्रिया दिनुहोस्: