Loktantra Khabar National Weekly
Ad

क्यानडाका तीन सहरमा गुञ्जिंदै नेपथ्य

लोकतन्त्र खबर
४ आश्विन २०८०

काठमाडौं । चर्चित लोकरक ब्याण्ड नेपथ्यले क्यानडामा पहिलो सांगीतिक टुर गर्ने भएको छ । आगामी अक्टोबर १ मा क्यानडाको क्यालगरी सहरबाट कन्सर्ट सुरु हुने नेपथ्यले जनाएको छ ।

त्यसपछि अक्टोबर ४ मा भ्यानकुभरमा कन्सर्ट हुनेछ भने अक्टोबर ८ मा क्यानडाको प्रमुख सहर टोरन्टोको विश्वविख्यात कार्यक्रम स्थल म्यासी हलमा प्रस्तुति दिएसँगै सांगीतिक टुरको समापन हुनेछ ।

सन् १८९४ मा खुलेको म्यासी हल त्यसको सय वर्ष पुग्नैलाग्दा अर्थात् सन् १९८१ मा मुलुककै राष्ट्रिय ऐतिहासिक स्मारकमा सूचीकृत भएको थियो । त्यहाँ विश्वविख्यात सांगीतिक समूहहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।

क्यानडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।

सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशका २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानाडा नेपथ्यको १७ औं गन्तव्य मुलुक हुनेछ ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: