Loktantra Khabar National Weekly
Ad

काठमाडौँको मुलपानीबाट ६ वर्षीय बालक हराए

लोकतन्त्र खबर
३ आश्विन २०८०

काठमाडौँ । काठमाडौँको मुलपानीबाट ६ वर्षीय बालक हराएका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–६ स्थित मुलपानी प्लानिङबाट ६ वर्षीय मनिम लामा हराएका हुन् ।

असोज १ गतेबाट मनिम सम्पर्कविहीन भएपछि उनका बुवा सन्दीप लामाले खोजी गरिइदिनका लागी प्रहरीलाई जानकारी गराएका छन् । कसैले भेटेमा सन्दीपले आफ्नो फोन नम्बर ९८६९०६९८० मा खबर गर्न आग्रह गरेका छन् ।

प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीले बालकको खोजी भइरहेको जानकारी दिए । उनले भने–‘परिवारसँग समन्वय गरेर खोजी कार्य भइरहेको छ ।’ रातोपाटी

प्रतिक्रिया दिनुहोस्: