Loktantra Khabar National Weekly
Ad

केटी पेरीले २२५ मिलियन डलरमा बेचिन आफ्ना गीतको अधिकार

लोकतन्त्र खबर
३ आश्विन २०८०

काठमाडौँ । हलिवुड गायिका केटी पेरीले आफ्नो रेकर्डिङ करियर सुरु गरेको लगभग २० वर्षपछि आफ्नो सम्पूर्ण संगीत सूचीको अधिकार २२५ मिलियन डलरमा बेचेकी छिन् ।

बिलबोर्डका अनुसार ३८ वर्षीया गायिका पेरीले लिटमस म्युजिकसँग यस्तो सम्झौता गरेकी हुन् । यस सम्झौता अनुसार अब उनको सबै स्टुडियो रेकर्डहरूको अधिकारको स्वामित्व लिटमसले लिएको छ ।

साथै यस सम्झौतापछि लिटमस म्युजिकले पेरीका २००८ देखि २०२० सम्म सार्बजनिक भएका पाँच एल्बमको सम्पूर्ण अधिकार हासिल गरेको छ ।

अब यी एल्बमका गीतको रोयल्टी लोटमसले प्राप्त गर्ने छ । उनका दुई गीतहरू डार्क हर्स र रोअर स्पोटिफाइमा एक अरब भन्दा बढी पटक सुनिएको छ । रोअर अहिलेसम्म युटुबमा सबैभन्दा बढी ३.८ बिलियन पटक सुनिएको छ ।

यस अघि गायक जस्टिन बिबरले गत जनवरीमा हिप्ग्नोसिस संग क्यापिटललाई आफ्नो सम्पूर्ण १५ वर्षको रेकर्डिङ गीतहरू सहितको सम्पूर्ण संगीत क्याटलग २०० मिलियन डलरमा बेचेका थिए । खरीबोट

प्रतिक्रिया दिनुहोस्: