Loktantra Khabar National Weekly
Ad

एनआइसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश दिने, बोनस र नगद कति?

लोकतन्त्र खबर
२९ भाद्र २०८०

एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

गत दुई आर्थिक वर्ष बैंकले सेयरधनीहरूलाई कुनै लाभांश वितरण गरेको थिएन। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: