Loktantra Khabar National Weekly
Ad

२००० को बिन्दु उक्लिने प्रयास गर्दै नेप्से, साढे १ अर्बको सेयर कारोबार

लोकतन्त्र खबर
२७ भाद्र २०८०

बुधबारको कारोबारमा नेप्से परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ बिन्दुमा बन्द भएको छ।

केही बैंकहरूले लाभांश दिन सुरू गरिसकेको कारण छोटो अवधिमै लाभांश पाइने भएपछि पनि बजार सकारात्मक बनेको हो।

यस्तै, स्थानीय तहको कोषमा रहेको रकममध्ये ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिनलागे सँगै लगानीकर्ताहरू आशावादी बनेका हुन्।

धेरै लगानीकर्ताहरू यही कारण बैंकको ब्याजदर घट्नेमा विश्वस्त देखिएका छन्। सोही कारण बजारमा सकारात्मक माहोल बनेको देखिन्छ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब १२ करोड ३२ लाख ९६ हजार २२९ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ४९ करोड ५५ लाख २१ हजार ९०५ रुपैयाँ पुगेको छ।

यस दिन २७५ वटा धितोपत्रको ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर किनबेच भएको हो।

बुधबार बरुण हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

उक्त कम्पनीको सेयर मूल्य २४२ रुपैयाँ पुगेको छ।

यस्तै, शुवम् पावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ८९६ रुपैयाँ कायम भएको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा थ्री स्टार हाइड्रोपावर रहेको छ।

उक्त कम्पनीको सेयर मूल्य ८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३१३ रुपैयाँमा सीमित भएको छ।

यस्तै, सिटिजन्स म्युचुअल फण्ड–२ को इकाइ मूल्य ३.८० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ६० पैसा कायम भएको छ।

बुधबार एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ८१९ रुपैयाँमा ७ करोड ९३ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ३.४३ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४६४ रुपैयाँमा ६ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक ३.६२ प्रतिशतले बढेको हो।

यस्तै, वित्त समूहको परिसूचक ३.२० प्रतिशतले बढेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: