Loktantra Khabar National Weekly
Ad

प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने लुम्बिनी सरकारको निर्णय

लोकतन्त्र खबर
२६ भाद्र २०८०

बुटवल । लुम्बिनी सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मंगलबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, बाढी प्रभावित क्षेत्र बर्दियाका स्थानमा राहत उपलब्ध गराउने, गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्याज गुमाएकालाई राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृह मन्त्री सन्तोष कुमार पाण्डेयले बताए ।

उनले  प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरिएको पनि बताए । रातोपाटी

प्रतिक्रिया दिनुहोस्: