Loktantra Khabar National Weekly
Ad

काठमाडौँ, ललितपुर र भक्तपुरमा एकैदिन चोरी

लोकतन्त्र खबर
२५ भाद्र २०८०

काठमाडौँ । काठमाडौँमा उपत्यकाका तीन जिल्लामा आइतबार एकै दिन चोरी भएको छ ।

काठमाडौं महानगरपालिका-७ दीर्घायु अस्पताल चाबहिल बस्ने कृष्ण गोपाल कक्षपती र विमला कक्षपतीको घरमा कोही नभएको अवस्थामा सुनका गहना तथा नगदसमेत गरी करिब ७ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

यता भक्तपुरको मध्यपुरठिमी नगरपालिका-१ लोकन्थली डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ घर भएका १८ वर्षीय विश्वास परियारको कोठाबाट ल्यापटप र मोबाइल गरी करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको छ ।

त्यस्तै ललितपुरको ललितपुर महानगरपालिका-८ बालकुमारी भोल्ढोका बस्ने नवीन अवालेको घरबाट विभिन्न सुनका गहना तथा नगद ५० हजार रुपैयाँ गरी करिब ४ लाख २६ हजार ७ सय ९० रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । रातोपाटी

प्रतिक्रिया दिनुहोस्: