Loktantra Khabar National Weekly
Ad

वैदेशिक रोजगारीमा पठाई दिने भनदै रकम उठाउने पक्राउ

लोकतन्त्र खबर
२२ भाद्र २०८०

सर्लाही २२ भादो । वैदेशिक  रोजगारीमा पठाई दिने भनदै विभिन्न व्यक्तिबाट रकम उठाएको आरोपमा  प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  हरिवन नगरपालिका बस्ने ४० वर्षीय मिनबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको टुडेलाई जनाएको छ । जिल्लाका विभिन्न ठाउका १३ जनालाई विभिन्न देशमा पठाइदिने भन्दै ८७ लाख नगद उठाएको कार्की  माथि आरोप लागेको छ  । कार्कीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी समेत परेको थियो तेसपछि जिल्ला प्रहरीले निजलाई  नियन्त्रणमा लिइएको सर्लाहीका एसपी नरेशराज सुवेदीले जनाएको छ । पक्राउ परेका कार्कीलाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाउने बताईएको  छ ।

प्रतिक्रिया दिनुहोस्: