Loktantra Khabar National Weekly
Ad

रोपाइँ जात्रा मनाउन रेसुङ्गामा आज सार्वजनिक बिदा

लोकतन्त्र खबर
२१ भाद्र २०८०

गुल्मी । रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउन आज सार्वजनिक बिदा दिएको छ । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाइँ जात्राको अवसर पारेर  आज एक दिनका लागि नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाले सूचना जारी गर्दै गत भदौ १० गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । रोपाइँ जात्रा कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन नगरपालिका कार्यालय मातहतका वडा कार्यालयहरु, विद्यालयहरु, स्वास्थ्य संस्थाहरु लगायत यस नगरपालिका मातहतका सम्पूर्ण निकायमा सार्वजनिक बिदा दिइएको जारी सूचनामा उल्लेख गरिएको छ ।

श्रीकृष्ण जन्माष्टमीको अर्को दिन तम्घास बजारमा विभिन्न क्लब, समूह, संघसंस्थाले रोपाइँ जात्रालगायतका कार्यक्रमहरु गर्ने गर्दछन् । यहाँ वषौं पहिलेदेखि कृष्ण जन्माष्टमीको अवसरमा रोपाइँ जात्रा गरेर मनाउने प्रचलन रहेको छ । रातोपाटी

प्रतिक्रिया दिनुहोस्: