Loktantra Khabar National Weekly
Ad

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध मलंगवामा प्रभातफेरी

लोकतन्त्र खबर
२१ भाद्र २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,भाद्र २१
१७ औं अन्तर्राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्ध दिवसको अवसरमा सर्लाहीको सदरमुकाम मलंगवामा जनचेतनामूलक प्रभातफेरी निकालिएको छ।
जिल्ला स्थित विभिन्न गैरसरकारी संघसंस्थाहरुको आयोजना तथा जिल्ला प्रशासन सँगको सहकार्यमा बुधबार बिहान प्रभातफेरी निकालिएको हो।
चारवटै शुरक्षा निकाय, विभिन्न संघसंस्थाका प्रतिनिधि,मानवअधिकारकर्मी,नागरिक समाज,बुद्धिजीवी तथा संचारकर्मी लगायतको सहभागीतामा वडा न-१० स्थित सहिद चौक देखि बालमन्दिर चौक हुँदै मेन चौक देखी उतर तर्फको सडक हुँदै सर्लाही जिल्ला अदालतको प्राङ्गणमा पुगेर कोण सभामा परिणत भइ कार्यक्रम सम्पन्न भएको थियो।
कोणसभामा बोल्ने बक्ताहरुले मानव बेचबिखन तथा ओसारपसार गम्भीर समस्याको रुपमा रहेकोले यसलाई नियन्त्रण गर्न एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्: