Loktantra Khabar National Weekly
Ad

सर्लाहीका स्थानीय तहको लागि विपत् सूचना प्रणालीसम्बन्धी तालिम सुरु

लोकतन्त्र खबर
१६ भाद्र २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,भाद्र १६
नेपाल रेडक्रस सोसाइटी काठमाडौको आयोजनामा सर्लाहीका स्थानीय तहमा कार्यरत सूचना प्रविधि अधिकृत तथा विपत् सम्पर्क व्यक्तिहरुको लागि ३ दिने तालिम जिल्लाको सदरमुकाम मलंगवामा सुरु भएको छ।
युएनएफपिएको सहयोगमा शुक्रवारदेखि सुरु भएको सो तालिममा विभिन्न पालिकाबाट सहभागी भएका सूचना प्रविधि अधिकृत तथा विपत् सम्पर्क व्यक्तिहरुलाई सहजकर्ता त्रय एनडिआरआरएमएइ का ध्रुव खडका,ज्योती खनाल र संदिप यादवले राष्ट्रिय विपत् सूचना प्रणाली स्थानीयकरण सम्बन्धी जानकारी गराइरहेका छन् ।
सूचना प्रविधि अधिकृत तथा विपत् सम्पर्क व्यक्तिहरुको क्षमता अभिबृद्धि गरि प्राधिकरणले निर्माण गरेको राष्ट्रिय विपद् सूचना प्रणालीलाई सबै स्थानीय तहबाट सुचारु गर्ने गरी अभिमुखीकरण गरिरहेको छ। तालिमको पहिलो दिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका ध्रुव खड्काले सहभागी भएका पालिका प्रमुख ,प्रशासकीय प्रमुख आइटी तथा विपद सम्पर्क व्यक्ति लगायतलाई तालिमको उदेश्य,विपद सम्बन्धि जानकारी र विपदपुर्व तयारी बारे जानकारी गराएका थिए। उनले विपदसँग सम्बद्ध सबै क्षेत्रमा अभिमुखीकरण र अभ्यासपछि सूचना प्रणाली व्यस्थित तरिकाले अगाडि बढाउन मद्दत मिल्ने बताए । सहभागीहरुलाई तालिम अवधिभर विपद पोर्टलको लागि डाटा भर्ने तरिका बारे बिस्तृत रुपमा जानकारी गराइने खडकाले बताए ।
मलंगवा नगरपालिका वडा न-८ स्थित कुशुम पार्टी प्यालेसको सभा हलमा संचालन भइरहेको तालिममा जिल्लाका २० वटा पालिकाहरु मध्ये १० वटा पालिकाले सहभागीता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्: