Loktantra Khabar National Weekly
Ad

यी नदीमा जलसतह बढ्ने सम्भावना

लोकतन्त्र खबर
१५ भाद्र २०८०

काठमाडौं । केही नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ ।

इलाम, पाँचथर, धनकुटा, उदयपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङजा र आसपास भएर बहने केही स–साना नदीहरूमा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान माशाखाले जनाएको छ ।

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ हुने महाशाखाको भनाइ छ । यद्यपि, जलसतह सतर्कता तहभन्दा तल रहने बताइएको छ ।    बाह्रखरी

प्रतिक्रिया दिनुहोस्: