Loktantra Khabar National Weekly
Ad

ब्रहम्पुरी गाउपालिकाको ६ हजार जनसंख्या कसरी कम भयो–अधिकृत राउतको गुनासो

लोकतन्त्र खबर
११ भाद्र २०८०

बखतियार अलि–
सर्लाही १० भदौं । सर्लाहीका ब्रहम्पुरी गाउपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउतले केहि वर्षकै अन्तरालमा यस पालिकाको जनसंख्या ३४ हजार ६ सय २५ बाट घटेर २८ हजार ५ सय ७ मा झर्नु चिन्ताको बिषय रहेको बताउनु भएको छ ।

सर्लाहीका अरु पालिकाहरुको जनसंख्या दिनानुदिन वृद्धि भएको अवस्थामा यसै जिल्लामा रहेका ब्रहम्पुरी गाउपालिकाको जनसंख्या बढनुको साटो केहि वर्षको अन्तरालमा ६ हजार १ सय १८ जनाको हिसाबले घटेको छ ।

एकै चोटी हजारौको संख्यामा जनसंख्या घटेर जानु चिन्ताको विषय रहेको निमित प्रमुख प्रशासकीय अधिकृत राउतले दुखेसो पोखेको छ ।

आईतवार ब्रहम्पुरी गाउपालिकाको दुर्गम ठाउमा पर्ने नोकैल्वामा नवनिर्मित स्वास्थ्य संस्था बंर्थिगं सेन्टरको उदघाटन कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह र प्रदेश सभा सदस्यद्धय जंगीलाल राय, कौशल किशोर रायलाई निमित प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउतले यस पालिकाको जनसंख्या दिनानुदिन घटदै गएको प्रति ध्यानाकर्षण गराउनु भयो ।

नवनिर्मित स्वास्थ्य संस्था बंर्थिगं सेन्टरको उदघाटन कार्यक्रमको अध्यक्षता गर्दै गाउपालिका अध्यक्ष रामपदारथ साहले मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहलाई भव्य स्वागत तथा अभिनन्दन गरेका थिए । यस पालिकामा उदघाटन भएका बर्थिग सेन्टरबाट ७० प्रतिशत महिलाहरुको स्वास्थ्य समस्या समाधान हुने गा.पा. अध्यक्ष साहले बताउनु भयो ।

मधेश प्रदेशका सर्लाही जिल्लामा जनताको आधारभुत आवश्यकता स्वास्थ्य सेवा पछाडी परेकोले यसलाई सुधार गर्न स्वास्थ्य मन्त्री सिंहलाई गा.पा. अध्यक्ष साहले आग्रह समेत गर्नुभयो ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह भने आफु यसै जिल्लाबाट निर्वाचित भएर मन्त्री बनेकोले स्वास्थ्य सेवालाई चुस्तदुरुस्त बनाउन आफुले कुनै कसर बाकी नराख्ने वहाले प्रतिबद्धता व्यतm गर्नुभयो ।

ब्रहम्पुरी गाउपालिकाको दुर्गम ठाउमा पर्ने नोकैल्वामा बंर्थिगं सेन्टरको उदघाटन भएपछि स्थानीय जनताहरु खुसि भएका थिए ।

कार्यक्रममा पर्सा गाउपालिकाका अध्यक्ष धिरेन्द्र राय यादव, प्रजिअ ईन्द्रदेव यादव लगायत सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: