Loktantra Khabar National Weekly
Ad

चापाकलमा पानी आउन थाले पछि पानीको लागि छट्पटिएका मानिसहरुलाई राहत

लोकतन्त्र खबर
७ भाद्र २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,भाद्र ७
विगत केही हप्तादेखि प्रचण्ड गर्मीका कारण पानीको मुहानहरु सुकेर खानेपानीको लागि छट्पटिएका मानिसहरु इनार तथा चापाकलहरु बाट पानी आउन थालेपछि राहत पाएका छन् ।गएको केही साता अगाडि पानी नपर्दा प्रचण्ड गर्मीका कारण नदि,पोखरी,तलाउ,इनार र चापाकल लगायतका पानीका मुहानहरु सुकेका थिए।
गत साउन मसान्तको अन्तिम सातादेखि लगातार रुपमा भइरहेको वर्षाले जमिन चिसो हुन थालेपछि सुकिसकेका पानीका स्रोतहरुबाट पुनः पानी आउन थालेपछि मानिसहरुलाई राहत मिलेको हो। भदौको पहिलो साता बित्दै गर्दा यसअघि सुकेका इनार र चापाकल चल्न थालेका छन् । नदिहरुमा पनि पानी बढ्दै गएपछि खानेपानीको समस्या टर्दै गएको सर्वसाधारणको भनाइ छ ।
यसअघि जिल्लाभरीका सबै चापाकल र इनार सुकेर खानेपानीको हाहाकार मच्चिएको थियो।एकबाल्टीन पानीको लागि पनि टाढा टाढा सम्म भौंतारिनु परेको थियो,अब केही दिन देखि इनारहरुमा पानी भरिँदै आएको छ र चापाकलहरु पनि चल्न थालेको सर्वसाधारणहरुले खुसी व्यक्त गर्दै भने।
अहिले लगातार वर्षा भइरहेको छ।जमिन पनि राम्ररी चिस्सिंदै गइरहेको छ त्यसैले पानीको संकट अब हुँदैन जानकारहरुको भनाई छ।
बालीनाली पनि सप्रेर हराभरा भएको छ।

प्रतिक्रिया दिनुहोस्: