Loktantra Khabar National Weekly
Ad

गोडैता न.पा मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न

लोकतन्त्र खबर
५ भाद्र २०८०

गोडैता न.पा मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न /
सिसौटिया स्वास्थ्य चौकी पुन:उत्कृष्ट

लोकतन्त्र समाचारदाता—
सर्लाही ,भाद्र ५
सर्लाहीको गोडैता नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गोडैता नगरपालिका स्वास्थ्य शाखाको आयोजना ,नगर प्रमुख देवेन्द्र कुमार यादवको अध्यक्षता तथा मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.राजिव झा को प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो।
आइतवार र सोमबार दुइदिन सम्म चलेको उक्त गोष्ठीमा सहभागी नगरपालिका अन्तर्गतका १२ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आआफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए ।सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा १२ वटा वडा स्वास्थ्य चौकीहरु मध्येबाट उत्कृष्ट भएर छानिएका तीनवटा स्वास्थ्य संस्थालाई नगद तथा प्रमाणपत्र प्रदान गरेर सम्मानित गरिएको थियो । आन्तरिक मुल्यांकनको आधारमा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका सिसौटिया,बेल्वा जब्दी र रोहुवा स्वास्थ्य चौकीका प्रमुखहरुलाई प्रमुख अतिथि निर्देशक डा. झा, नगरप्रमुख यादव र उपप्रमुख अंजना कुशवाहाले कदरपत्र प्रदान गरेका थिए।
समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख यादवले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापुर्वक जिम्मेवारी पुरा गर्ने नगर भित्रका स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा जस्तो सुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरु धन्यवाद दिएका थिए ।
गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा यो आ.व मा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सुचकहरु राम्रो भएकोले आगामी दिनमा यस नगरपालिकालाई मधेस प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका पालिकाहरु मध्येबाट नमुना स्वास्थ्य नगरपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । स्वास्थ्य निर्देशनालयकाको मुल्यांकन अनुसार गत आर्थिक वर्षमा गोडैता नगरपालिका मधेस प्रदेश अन्तर्गत पर्ने ८ वटै जिल्लाका पालिकाहरु मध्येबाट तेस्रो स्थानमा पर्न सफल भएको स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडितले जानकारी दिए।
मलंगवा स्थित सुजाता पार्टी प्यालेसमा सम्पन्न भएको समीक्षा गोष्ठीमा विशिष्ट अतिथिको रुपमा नगर उपप्रमुख कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव,स्वास्थ्य कार्यालय सर्लाही प्रमुख डा.नवल किशोर झा, स्वास्थ्य कार्यालय मलंगवाका परिवार नियोजन सुपरभाइजर निरिक्षक पशुपति कु यादव ,
वन हर्ट वर्ड वाइड सर्लाहीका संयोजक अमरेन्द्र राय,गोडैता न.पा का स्वास्थ्य संयोजक शहाबुद्दिन मिकरानी लगायत १२ वटै वडाका वडाअध्यक्ष,स्वास्थ्य चौकी प्रमुखहरु तथा पत्रकारहरुको उपस्थिती रहेको थियो।
कार्यक्रमको संचालन स्वा.शा.प्रमुख पंडितले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: